IME Life New

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो ६९ औँ वार्षिकोत्सवका अवसरमा आर्थिक वर्ष २०७९।८० मा रेमिट्यान्स कम्पनीहरुमध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो।

राष्ट्र बैंकमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसापत्र प्रदान गरे।

Esewa
Crest

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रशंसापत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिट्यान्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा रेमिट्यान्स कम्पनीलाई सम्मानित गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS