IME Life New

फरवार्ड माइक्रोफाइनान्सको नाफामा उछाल, अधिकांश सूचकमा आकर्षक प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्ममा संस्थाले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा १६७.१६ प्रतिशतले बढेको छ।

Esewa
Crest

तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १८०.०३ प्रतिशतले बढेर १७ करोड ५७ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ६ करोड २७ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ६.१६ प्रतिशतले बढेर ८७ करोड ८२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ८२ करोड ७२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.२६ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको एनपीएल ५.८८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले इम्पेयरमेन्ट चार्जका रुपमा ४२ करोड १५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ४८ करोड ५५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको थियो।

यो ९ महिनामा संस्थाले ८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले ८ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ।

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ४५.५४ प्रतिशतले बढेर १ अर्ब ४४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ९९ करोड ५१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिशेयर (ईपीएस) बढेर १४.७२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ५.५१ रुपैयाँ थियो। ईपीएस पनि १६७.१५ प्रतिशतले बढेको छ। पीई रेसियो ७६ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २६९.३४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS