IME Life New

एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १२ सूचकमा दाँजेर हेर्दा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल विदेशी लगानी भएका नेपाली बैंक हुन्। स्ट्याण्डर्ड चार्टर्डमा स्ट्याण्डर्ड चार्टर्ड ग्रीनलेज र स्ट्याण्डर्ड चार्टर्ड यूकेको लगानी रहेको छ भने एभरेष्टमा भारतीय पन्जाब नेशनल बैंकको लगानी रहेको छ। दुवै बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन:

Esewa
Crest

चुक्तापुँजीका आधारमा

एभरेष्ट बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्तापुँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

जगेडा कोषका आधारमा

एभरेष्ट बैंकको जगेडा कोषमा ११ अर्ब ९२ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको जगेडा कोषमा ८ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङका आधारमा

एभरेष्ट बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।

निक्षेप र कर्जाका आधारमा

बैंकहरुले प्रकाशन गरेको आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा एभरेष्ट बैंकले २ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीका आधारमा

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकले ५ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाका आधारमा

चालु आर्थिक वर्षको तेस्रोे त्रैमाससम्ममा एभरेष्ट बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन नाफा गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ५० करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाका आधारमा

आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा एभरेष्ट बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको छ।

वितरणयोग्य नाफाका आधारमा

आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा एभरेष्ट बैंकको २ अर्ब ७५ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ८१ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ।

किताबी मूल्यका आधारमा

एभरेष्ट बैंकको किताबी मूल्य २२६.७३ रुपैयाँ छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको किताबी मूल्य २०८.८५ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीका आधारमा

वित्तीय विवरणका आधारमा एभरेष्ट बैंकको वार्षिक प्रतिशेयर आम्दानी २९.५५ रुपैयाँ छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३४.६० रुपैयाँ छ।

खराब कर्जाका आधारमा

एभरेष्ट बैंकको खराब कर्जा ०.७० प्रतिशत हुँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा २.१४ प्रतिशत छ।

नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको विश्लेषण पूर्ण होइन। थप अनुसन्धान गरेर निर्णय लिनु होला। माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS