IME Life New

राष्ट्रियस्तरका विकास बैंकः वितरणयोग्य मुनाफामा कामना सेवा १ नम्बर ! अरुको लाभांश क्षमता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा उच्च छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कामना सेवाको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ रहेको छ।

त्यस्तै दोस्रोमा शाइन रेसुंगाको वितरणयोग्य नाफा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ। तेस्रोमा गरिमाको १० करोड २१ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

राष्ट्रियस्तरका विकास बैंकमध्ये दुईवटाको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ। सांग्रिला र ज्योतिको वितरणयोग्य नाफा ऋणात्मक छ। शांग्रिलाको वितरणयोग्य नाफा ६ करोड १ लाख रुपैयाँ ऋणात्मक हुँदा ज्योतिको वितरणयोग्य नाफा २८ करोड ६६ लाख ऋणात्मक छ।

प्रतिशेयर वितरणयोग्य मुनाफामा पनि कामना सेवा नै अगाडि (सम्भावित लाभांश क्षमता)

प्रतिशेयर वितरणयोग्य नाफामा पनि कामना सेवा अघि छ। बैंकको वार्षिक प्रतिशेयर वितरणयोग्य नाफा ११.६८ रुपैयाँ छ भने दोस्रोमा शाइन रेसुंगाको प्रतिशेयर वितरणयोग्य मुनाफा ४.१९ रुपैयाँ रहेको छ। दुई विकास बैंक शांग्रिला र ज्योतिको प्रतिशेयर वितरणयोग्य नाफा ऋणात्मक छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

20%
sad

दु :खी

30%
amazed

अचम्मित

10%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS