IME Life New

आईपीएलमा अर्बौंको बीमा, चोट लागेर बाहिरिँदा खेलाडीलाई ५०% रकम, खेल रद्द हुँदा टिमलाई क्षतिपूर्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग इन्डियन प्रिमियम लिग (आईपीएल) सुरु भएको छ। यद्यपि करोडौँ मानिसको मनपर्ने लिगका बारेमा धेरै कुरा थाहा नहुन सक्छ। तर, आज हामी तपाइँलाई एउटा तथ्यका बारेमा बताउनेछौँ। जुन तपाइँलाई सायद थाहा नहुन सक्छ।

तपाइँले यो धेरै पटक देख्नु भएको छ र प्रायः यो हुन्छ कि कुनै न कुनै कारणले खेल रद्द हुन्छ र कोही खेलाडी घाइते हुन्छन्। यस्तो अवस्थामा टोली र खेलाडीको कमाइ के हुन्छ ? उनीहरुले घाटा व्यहोर्नुपर्ने हो कि क्षतिपूर्ति ? आज हामी तपाइँलाई यसका बारेमा पूर्ण जानकारी दिनेछौँ।
आईपीएलको हरेक खेल र खेलाडीको बीमा गरिएको छ। आईपीएल फ्रेन्चाइजीहरु र बीसीसीआईले यी खेल र खेलाडीका लागि बीमा प्रदान गर्दछन्। ता कि कुनै पनि नोक्सानीको क्षतिपूर्ति दिन सकियोस्। फ्रान्चाइजी र बीसीसीआईले पनि बीमाको यो रकम निरन्तर बढाइरहेका छन्। यसको कारण खेलको समयमा बढ्दो जोखिम हो। कतिपय ठाउँमा वर्षाका कारण खेल रद्द भएका हुन्छन् भने कतिपय स्थानमा खेलाडी घाइते हुन्छन्। यस्तो अवस्थामा यो बीमाले कसरी काम गर्छ ?

Esewa
Crest

किन गरिन्छ बीमा ?

लिग टोली र बीसीसीआईले सबै खेलाडीलाई बीमा प्रदान गर्दछन्। यससँगै खेल हुने स्थानको पनि बीमा गरिएको हुन्छ। यसको उद्देश्य कुनै कारणवश खेल हुन नसकेमा फ्रेन्चाइजलाई आफ्नो पैसाको नोक्सानी नहोस् र बीसीसीआईले प्रायोजकबाट प्राप्त रकमको क्षतिपूर्ति पनि पाउन सकोस् भन्ने हो। यसबाहेक कुनै खेलाडी घाइते भएमा उसलाई शुल्कको केही अंश पनि दिइन्छ। खेलमा जोखिम बढ्दै गएपछि फ्रेन्चाइजी टोली र बीसीसीआईले पनि आफ्नो बीमाको रकम बढाइरहेका छन्।

खेल रद्द भयो भने के हुन्छ ?

एमके ग्लोबल फाइनान्सियल सर्भिसेजका वरिष्ठ अनुसन्धान विश्लेषक अविनाश सिंहले यदि कुनै खेल वा स्थान रद्द भयो भने टोलीले निश्चित रकम पाउँछ। यो बीमा कम्पनीहरुले भुक्तानी गर्छन्।

फ्रेन्चाइजी टिम पञ्जाब किंग्सका मालिक केपीएच ड्रीम क्रिकेटका प्रमुख वित्तीय अधिकृत एलसी गुप्ता भन्छन्, ‘खेलाडी घाइते भएर खेलबाट बाहिर भए पनि खेलको ५० प्रतिशत रकम बीमाका कारणले भुक्तानी गरिन्छ।’

यो बीमाले यसरी पनि काम गर्दछ कि यदि कुनै खेल रद्द भयो भने फ्रान्चाइजीलाई कुनै नोक्सान हुँदैन। यस्तो अवस्थामा टोलीलाई क्षतिपूर्ति दिइन्छ। जब कि खेलाडीहरुलाई मेडिकल र दुर्घटना बीमा दिइन्छ। २०२१ सिजनमा दिल्ली क्यापिटल्सका खेलाडी श्रेयस अय्यर घाइते भएका थिए र बाँकी खेल गुमाउनु परेको थियो। तर, बीमाका कारण अय्यरलाई उनको म्याच फीको सम्पूर्ण रकम ७ करोड रुपैयाँ दिइएको थियो। बीमा नभएको भए श्रेयसले आफ्नो पैसा गुमाउनुपर्ने हुन्थ्यो।

बढ्दै बीमाको रकम

विज्ञहरु भन्छन् कि लिग टोलीहरुले लगातार आफ्नो बीमा रकम बढाइरहेका छन्। सन् २०१८ मा बीमित रकम भारु २३० करोड भए पनि सन् २०२१ मा यो बढेर भारु ४ हजार करोड पुग्यो। किनभने कोभिडका कारण जोखिम त्यतिबेला धेरै थियो। सन् २०२४ मा हुने निर्वाचनका कारण आईपीएलका खेल पनि जोखिममा छन्। त्यसैले यसपटक पनि बीमा रकम बढाएर भारु १० हजार करोड पुर्याइएको छ। लिगका अधिकांश बीमा जनरल इन्स्योरेन्स क्याटेगोरीका हुन्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS