IME Life New

बजारमा ७%ले बढ्यो नगद परिचालन, सरकारी कोषमा थुप्रियो पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा नगद परिचालन ७ प्रतिशत बढीले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा चैतसम्म ६ खर्ब ६९ अर्ब ९४ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ९ महिनामा नगद परिचालन ७.०६ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो ९ महिनामा सरकारी कोष ५३५.४६ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। चैतसम्म सरकारी कोषको आकार बढेर २ खर्ब ८६ अर्ब ५२ करोड रुपैयाँको उचाइमा पुगेको छ।

चैतसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ४० अर्ब २१ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ५१ करोड १६ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS