IME Life New

राष्ट्रियस्तरका विकास बैंकमध्ये महत्त्वपूर्ण सूचकहरुमा को तगडा ? (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  हाल नेपालमा ८ राष्ट्रिय स्तरका विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।

यी ८ विकास बैंकले चालु आर्थिक वर्ष ( ८०/८१ )को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Esewa
Crest

चुक्ता पुँजीका आधारमा
राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी सबै भन्दा धेरै छ । बैंकको ७ अर्ब ४ करोड चुक्ता पुँजी छ । दोश्रोमा गरिमा विकास बैंकको ५ अर्ब ६८ करोड चुक्ता पुँजी छ ।

निक्षेप संकलनका आधारमा
राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक १ खर्ब १० अर्ब ४० करोड निक्षेप संकलन गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ८२ अर्ब ८२ करोड निक्षेप संकलन गर्दा सबै भन्दा कम सांग्रिला डेभलपमेन्ट बैंकले ५२ अर्ब ६५ करोड निक्षेप संकलन गरेको छ।

कर्जा प्रवाहका आधारमा
मुक्तिनाथ विकास बैंकले सर्वाधिक ९२ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६४ अर्ब ८८ करोड कर्जा प्रवाह गर्दा सबै भन्दा कम महालक्ष्मी विकास बैंकले ४१अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीका आधारमा
मुक्तिनाथ विकास बैंकले सर्वाधिक ३ अर्ब १३ करोड खुद व्याज आम्दानी गर्दा दोश्रोमा गरिमा विकास बैंकले २ अर्ब ५१ करोड  खुद व्याज आम्दानी गरेको छ । सबै भन्दा थोरै खुद व्याज आम्दानी लुम्बिनी विकास बैंकले १ अर्ब २८  करोड गरेको छ।

खुद नाफाका आधारमा
मुक्तिनाथ विकास बैंकले सर्वाधिक ८७ करोड १८ लाख खुद नाफा गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६८ करोड ३४ लाख खुद नाफा गरेको छ। सबै भन्दा थोरै खुद नाफा ज्योति विकास बैंकले १५ करोड २४ लाख गरेको छ ।

प्रति शेयर आम्दानीका आधारमा :
मुक्तिनाथ  विकास बैंकको प्रति शेयर आम्दानी सर्वाधिक १६ रुपैयाँ ५० पैसा हुँदा दोश्रोमा गरिमा विकास बैंकको १६  रुपैयाँ ०४ पैसा छ ।

किताबी मूल्यका आधारमा :
लुम्बिनी विकास बैंकको किताबी मूल्य सर्वाधिक १७८ रुपैयाँ ६१ पैसा हुँदा दोश्रोमा महालक्ष्मी विकास बैंकको १५६ रुपैयाँ २८ पैसा हुँदा ज्योति विकास बैंकको सबैभन्दा कम १३४ रुपैयाँ २० पैसा छ ।

खराब कर्जाका आधारमा

मुक्तिनाथ विकास बैंकको खराब कर्जा सबै भन्दा कम २ दशमलव ०२ प्रतिशत हुँदा दोश्रोमा गरिमा विकास बैंकको २ दशमलव ९७ प्रतिशत हुँदा ज्योति विकास बैंकको खराब कर्जा सबै भन्दा धेरै ४ दशमलव ९७ प्रतिशत छ ।

वितरणयोग्य मुनाफाको आधारमा :
८ विकास बैंकमध्ये कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा सर्वाधिक छ । बैंकको वितरण योग्य मुनाफा २८ करोड ७३ लाख रहेको छ भने दोश्रोमा शाइन रेसुङ्गाको वितरणयोग्य मुनाफा १४ करोड ८८ लाख रहेको छ । त्यस्तै, दुई विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

प्रति शेयर वितरणयोग्य नाफा :
८ विकास बैंक मध्ये कामना सेवा विकास बैंकको प्रति शेयर वितरणयोग्य मुनाफा सर्वाधिक रहेको छ । बैंकको वार्षिक प्रति शेयर वितरणयोग्य मुनाफा ११ रुपैयाँ ६८ पैसा रहेको छ।  दुई विकास बैंकको प्रति शेयर वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS