IME Life New

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कहिलेसम्म आउला ? के भन्छ राष्ट्र बैंक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारका लगानीकर्ता चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कुरेर बसेका छन्। शेयर बजार सुधारका लागि नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षामार्फत लचिलो नीति ल्याउनेमा उनीहरु आशावादी छन्।

बजार लामो समयदेखि साइडवेजमा चलिरहेको छ। केही नीतिगत व्यवस्थाका कारण शेयर बजारले लय समात्न नसकेको लगानीकर्ताहरुको गुनासो छ। मौद्रिक नीतिको समीक्षा हरेक त्रैमास सकिएको १ महिनाभित्र ल्याउनुपर्ने व्यवस्था छ। त्यसैले तेस्रो त्रैमासिक समीक्षा वैशाखभित्रै राष्ट्र बैंकले ल्याउनुपर्ने हुन्छ।

Esewa
Crest

राष्ट्र बैंकको एक अधिकारीले मौद्रिक समीक्षा वैशाख तेस्रो सातापछि आउन सक्ने बताए। ‘अहिले राष्ट्र बैंकको वार्षिकोत्सवको तयारीमा छौँ’, ती अधिकारीले भने।

राष्ट्र बैंकको वार्षिकोत्सव वैशाख १४ गते रहेको छ। ‘सम्बन्धित विभागहरुले मौद्रिक समीक्षाको तयारी गरिरहेका होलान् तर वैशाखको तेस्रो साताभित्रै समीक्षा नआउन सक्छ’, ती अधिकारीले भने, ‘यद्यपि, गभर्नरज्यूले वैशाख तेस्रो साताभित्रै ल्याउन निर्देशन दिनुभयो भने आउन पनि सक्छ। तर, सम्भवतः त्यसो नहोला। त्यसैले वैशाखको तेस्रो सातापछि वा अन्तिम सातासम्म मौद्रिक समीक्षा आउँछ।’

मौद्रिक समीक्षामार्फत केही नीतिगत व्यवस्था परिमार्जन हुन सक्ने पनि ती अधिकारीले बताए। ‘समग्र अर्थतन्त्रको अवस्था र बजारको माग हेरेर मौद्रिक समीक्षा तयार गर्ने काम हुन्छ’, ती अधिकारीले भने।

शेयर लगानीकर्ताको अहिले मुख्य माग भनेको मौद्रिक नीतिको समीक्षामार्फत शेयर धितो कर्जाको क्याप हटाउने र जोखिम भारको व्यवस्थामा परिमार्जन गर्नुपर्ने रहेको छ। हाल ५० लाख रुपैयाँमाथिको शेयर धितो कर्जामा राष्ट्र बैंकले १२५ प्रतिशत जोखिम भारको व्यवस्था गरेको छ। राष्ट्र बैंकले व्यक्तिले १५ करोड रुपैयाँसम्म र संस्थाले २० करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने अधिकतम सीमा तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS