IME Life New

कर्णाली डेभलपमेन्ट बैंकको ६६%ले बढ्यो नाफा, ईपीएसमा पनि सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार बैंकले यो ९ महिनाको अवधिमा २ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही त्रैमाससम्मको तुलनामा ६६.१९ प्रतिशतले हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ करोड ७३ लाख रुपैयाँ नाफ आर्जन गरेको थियो।

Esewa
Crest

बैंकको सञ्चालन मुनाफा पनि ६६.१९ प्रतिशतले बढेर २ करोड ८ड लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ करोड ७३ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म बैंकले ८ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी १० करोड १९ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १८.४६ प्रतिशतले कम हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ करोड ५१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा २ करोड २३ लाख रुपैयाँ थियो।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ४.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.२६ प्रतिशत थियो।

चुक्तापुँजी ५० करोड २० लाख रुपैयाँ रहेको बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको रिजर्भमा ५ करोड ३५ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २ करोड ५१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। रिजर्भको आकार २२.०१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष रिजर्भमा ६ करोड ८७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ५.७३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ३.४५ रुपैयाँ थियो। पीई रेसियो ७१.५६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १०५.७५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS