IME Life New

ह्वाइट लोटस पावरले आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्ग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य १ सय रुपैयाँ दरका१२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

Esewa
Crest

यस सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशी ले हस्ताक्षर गरे ।

ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS