IME Life New

बढ्यो स्मार्टफोनको आयात, चीनबाट सबैभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को ९ महिना चैतसम्म नेपालमा पौने २२ अर्ब रुपैयाँ बढीको स्मार्टफोन भित्रिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार यो ९ महिनाको अवधिमा २१ अर्ब ७५ करोड रुपैयाँबराबरको स्मार्टफोन भित्रिउको हो। अघिल्लो वर्ष यही अवधिसम्म विभिन्न देशबाट १८ अर्ब ६६ करोड रुपैयाँबराबरको स्मार्टफोन भित्रिएको थियो। यस हिसाबले स्मार्टफोनको आयात साढे १६ प्रतिशत बढीले बढेको छ।

Esewa
Crest

चैतसम्म विभिन्न देशबाट १३ लाख ९१ हजार ८४६ सेट स्मार्टफोन आयात भएको तथ्यांकले देखाउँछ। नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट भित्रिएको छ। यो ९ महिनामा चीनबाट १० लाख ९ हजार ३२० सेट स्मार्टफोन भित्रिएका छन्।

दोस्रोमा भारत रहेको छ। भारतबाट नेपालमा ३ लाख ७८ हजार १२३ सेट स्मार्टफोन भित्रिएको छ। यो ९ महिनामा विभिन्न ६१ मुलुकबाट स्मार्टफोन नेपाल भित्रिएको देखिएको छ।

तथ्यांकअनुसार सरकारले स्मार्टफोन आयातबाट ४ अर्ब ४ करोड ९९ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS