IME Life New

साढे २० अर्बको आन्तरिक ऋण नवीकरण गर्दै सरकार, थप १० अर्ब उठाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले साढे २० अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्नुका साथै थप १० अर्ब रुपैयाँ उठाउने भएको छ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैशाख ११ गते कुल ३० अर्ब ४९ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। जसमा २० अर्ब ४९ रुपैयाँको नवीकरण गरिनेछ र १० अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल जारी गरिनेछ।

Esewa
Crest

कार्यालयले २८ दिने ट्रेजरी बिलअन्तर्गत ५ अर्ब रुपैयाँको नवीकरण गर्ने छ भने ५ वर्ष रुपैयाँकै नयाँ जारी गर्नेछ। त्यस्तै ९१ दिनेअन्तर्गत ५ अर्ब ४९ रुपैयाँको नवीकरण गर्नेछ भने ५ अर्ब रुपैयाँको नयाँ जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः जेठ ८ गते र साउन ८ गते परिपक्व हुनेछन्।

यसैगरी सरकारले १८२ दिने ६ अर्ब रुपैयाँ र ३६४ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः कात्तिक ६ गते र २०८२ वैशाख ९ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार (वैशाख १० गते) बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS