IME Life New

विभिन्न कार्यक्रम गरी सिटिजन्स बैंकले मनायो १७औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक बैशाख ७ गतेदेखि १८ औं वर्षमा प्रवेश गरेको हो ।

सो अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । साथै, बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स स्मार्ट बचत खातालाई १७ थरि आकर्षक सुविधाहरु थप गरेर ग्राहकहरुमाझ ल्याएको छ । अब ग्राहकहरुले यो योजना अन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरु निश्चित समयको लागि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। सिटिजन्स बैंकले बचत सम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरता सम्बन्धी एक भिडियो सामग्री समेत आफ्नो १७औं वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ ।

Esewa
Crest

बैंकले आफ्नो थप ६ वटा शाखाहरु बाट ुप्रिभिलेज काउन्टरूु को समेत सुरुवात गरेको छ । काठमाडौं उपत्यका भित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्यूरोड शाखामा र उपत्यका बाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको बैंकले जनयेको छ।

साथै १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मूख्य प्रायोजनमा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही बैशाख ०९ देखी १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको बैंकले उल्लेख गरेको छ।

यस १७ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १७ लाख २४ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ । सातवटै प्रदेशमा फैलिएको १९० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ८४ अर्व रहेकोमा कर्जा तर्फ रु १ खर्व ५६ अर्व रहेको छ र यसै अवधिमा बैंकले करिव रु १ अर्व २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले १७औं बार्षिकोत्सवको अवसरमा आज बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव १०५३ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा सातवटै प्रदेशका कूल २५ शाखाहरुबाट करिब ६८४ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

साथै यसै अवसरमा मधेश प्रदेश अन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखाले निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको बैंकले जनाएको छ। बैंकका अनुसार शिविरमा करीब ३०० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क प्राप्त गरेका छन् ।

बैंकले १९० वटा शाखा, १५३ वटा ए।टि।एम। र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS