IME Life New

एनआईसी एसिया बैंकको नाफा रु. १.९१ अर्ब, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ५२.३१ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर १.७६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल ०.७४ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा २ अर्ब १४ करोड ८५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा २३ करोड ५२ लाख रुपैयाँ छुट्याएको थियो। इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफा प्रभावित बनेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा घटेर ३ अर्ब ६२ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ थियो। ब्याज आम्दानी पनि घटेर ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँमात्रै भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ९ अर्ब ९ करोड २४ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार २२.१६ प्रतिशतले बढेर १७ अर्ब ४५ करोड ९५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १४ अर्ब २९ करोड २७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १७.२९ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष ईपीएस ४६.७६ रुपैयाँ थियो। पीई रेसियो २२.८५ प्रतिशत रहेको बैंकको प्रतिशेयर नेटवर्थ २०५.४७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS