IME Life New

कामना सेवा विकास बैंकको अधिकांश वित्तीय सूचकमा प्रगति, नाफा बढ्दा वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक खुद खराब कर्जा अनुपात (एनपीएलं) सार्वजनिक गर्ने पहिलो विकास बैंक भएको छ। नेपाल राष्ट्र बैंकको प्रावधानको पालना गर्दै कामना सेवाले खुद एनपीएल सार्वजनिक गरेको हो। अन्य विकास बैंकले खुद एनपीएल सार्वजनिक गरेका छैनन्।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद एनपीएल जारी गरेको हो। समीक्षा अवधिसम्म बैंकले खुद एनपीएल १.१३ प्रतिशतमा झार्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद एनपीएल १.४२ प्रतिशत थियो।

Esewa
Crest

समीक्षा अवधिसम्मको बैंकले ३३ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३० करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ८.४ प्रतिशतले बढेको छ।

खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा ३४ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा ३५ करोड ३७ लाख रुपैयाँ छुट्याएको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८ करोड ३ लाख रुपैयाँमा सीमित थियो। बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा बढेर ११.६८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ३.४१ रुपयाँ थियो।

बैंकको सञ्चालन मुनाफा बढेर ५४ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५२ करोड ५३ लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने घटेर १ अर्ब ४५ करोड रुपैयाँमात्रै भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको रिजर्भको आकार ९.०४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४० करोड रुपैयाँ थियो। चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको बैंकको रिटेन अर्निङमा २८ करोड ७३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकले ५७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १३.४७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १२.४२ रुपैयाँ थियो। पीई रेसियो २६.५१ प्रतिशत रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५५.३४ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

44%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS