IME Life New

अमेरिकामा ह्वात्तै बढ्यो गाडी बीमाको प्रिमियम, कारण के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा गाडी बीमा महँगो भएको छ। अघिल्लो वर्षको तुलनामा अमेरिकामा गाडी बीमाको प्रिमियम ह्वात्तै बढेको हो।

करेटका अनुसार अमेरिकामा गाडी बीमाको प्रिमियम अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा २६ प्रतिशतले बढेको छ। अमेरिकामा अहिले गाडी बीमा पूर्ण कभरेटको वार्षिक प्रिमियम बढेर २ हजार ५४३ डलर पुगेको छ।

Esewa
Crest

अमेरिकन प्रपर्टी क्याजुल्टी इन्स्योरेन्स एसोसिएसनका अनुसार गाडी बीमाको प्रिमियम बढ्नुमा केही कारणहरु छन्। भाडाको कारको लागत बढ्नु र मर्मतसम्भारको समय लामो हुनुले गाडी बीमाको प्रिमियम बढेको एसोसिएसनले जनाएको छ।

जेडी पावरका बीमा व्यापारका वरिष्ठ अधिकारी स्टेफन क्रुड्सनले पछिल्लो समय सबै बीमकले आक्रामक ढंगले गाडी बीमाको प्रिमियम बढाइरहेको बताए। ‘१ वर्ष गाडी बीमाको प्रिमियम सामान्य नै थियो तर विभिन्न कारणले अहिले बीमकहरुले प्रिमियम बढाउन बाध्य भएका छन्’, उनले भने, ‘अहिले बीमितले पहिलेकै प्रिमियम वा सस्तोमा कहीँ पनि गाडी बीमा गर्न पाउने अवस्था छैन।’

अमेरिकामा २ करोड १५ लाख ग्राहकले गाडी बीमा गरेका छन्। जसको बजार मूल्य अन्दाजी ३ अर्ब ५३ करोड डलर रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS