काठमाडौं । अभियान लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको वैशाख ५ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्नेनिर्णय गरेको हो । साथै, वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने जनाएको छ ।
साथै, आर्थिक वर्ष २०७९ /२०८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
1713413814095