IME Life New

भारतमा ग्राहकमैत्री बनाइयो निर्जीवन बीमा पोलिसी, सस्तो हुने भयो प्रिमियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई)ले निर्जीवन बीमा पोलिसीमा ठूलो परिवर्तन गरेको छ। यो नयाँ परिवर्तनपछि अब ग्राहकले मोटर, सम्पत्ति र एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी आफ्नो आवश्यकताअनुसार खरिद गर्न सक्नेछन्।आईआरडीएआई थर्ड पार्टी इन्स्योरेन्समा भने कुनै फेरबदल गरेको छैन।

जानकारका अनुसार आईआरडीएआईको लागू गरेको नयाँ नियमले पोलिसीधारकलाई फाइदा पुग्नेछ। यसअघिको नियमअनुसार मोटर इन्स्योरेन्स कभर पूरै वर्षका लागि लिनुपथ्र्यो। कोही गाडी चलाऊन् वा नचलाऊन, उसले पूरै वर्षका लागि बीमा पोलिसी लिनुपथ्र्यो र त्यसको मूल्य पनि अधिक रहेको थियो। गाडीधनीले पोलिसी लिनै पर्ने नियम थियो। किनकि अन्य विकल्प रहेको थिएन।

Esewa
Crest

नयाँ नियममा अब ग्राहकले गाडी प्रयोग गरेको अवधिसम्मका लागिमात्र बीमा पोलिसी लिन पाउने छुट दिइएको छ। यो नियमले बीमाको लागत कम हुने जानकारहरु बताउँछन्। अब कम्पनीहरुले छिट्टै यस किसिमको पोलिसी जारी गर्नेछन्।

यसैगरी पसले र व्यापारीले पनि आफ्नो आवश्यकताअनुसार केवल आगलागी, बाढीपहिरो वा भूकम्पजस्ता विपतलाई कभर गर्न बीमा पोलिसी लिन सक्नेछन्। यसअघि कारोबारीहरुलाई उनीहरुको व्यापारका लागि १२ फरक–फरक बीमा कभर गर्ने पोलिसी लिनुपथ्र्यो। जसका कारण बीमाको लागत बढ्थ्यो। नयाँ नियमले प्रिमियम सस्तो हुनेछ।

बीमा पोलिसीमा थुप्रै यस्ता कभर हुन्छन्, जसको आवश्यक सायदै ग्राहकलाई आवश्यक पर्छ। यदि ग्राहकले अरु कभर आफ्नो पोलिसीमा जोड्न चाहन्छन् भने छुट्टै थप शुल्क तिर्नुपथ्र्यो । नयाँ व्यवस्था ग्राहकका लागि कैफियत सावित हुने जानकारहरु बताउँछन्। अब ग्राहकले आफ्नो आवश्यकताअनुसार बीमा पोलिसी लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS