IME Life New

नेरूडे मिर्मिरे लघुवित्तको देशव्यापी कार्यक्रमः कर्मचारी तहमा सांस्कृतिक मिलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त संस्थाले मर्जर पश्चात कर्मचारीहरु बिचमा सांस्कृतिक तथा व्यवहारिक अन्तरघुलनको लागि शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुको तहमा मर्जर पश्चातको सफलतम अन्तक्रिया कार्यक्रम अधिराज्यभरीमा सम्पन्न गरेको छ ।

साविक बिराटनगर केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था तथा साविक बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. को नामबाट २०८० फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

Esewa
Crest

२०८१ बैशाख ३ गते देखि ५ गते सम्म कोशी प्रदेशको बिराटनगरमा, मधेश प्रदेशको बर्दिबासमा, बागमती र गण्डकी प्रदेशको भरतपुरमा, लुम्बिनी र कर्णाली प्रदेशको भैरहवामा र सुदुर पश्चिम प्रदेशको धनगढीमा कार्यक्रम भइरहको छ ।

एकीकृत कारोबार पश्चात कर्मचारी तहमा अन्तरघुलन तथा साँस्कृतिक मिलन सहित भावनात्मक रुपमा समेत एकिकरण गरी अधिकतम सफलताको लागि सञ्चालक समितका पदाधिकारीहरु, उच्च व्यवस्थापन तथा विभागिय प्रमुखहरु, प्रदेश तथा क्लष्टर प्रमुखहरु सहित कर्मचारीहरुको सहभागितामा कार्यक्रम संचालन भइरहेको छ ।

मर्जरपश्चात २५९ शाखाहरुबाट ३ लाख सदस्यहरूमाझ करिब २० अर्ब लगानी सहित लघुवित्त कार्यक्रम संचालन गरिरहेको नेरुडे मिर्मिरेको यो कार्यक्रमले सम्पूर्ण सरोकारवालाहरुमा सांस्कृतिक एकता तथा भावनात्मक सम्बन्धलाई प्रगाढ बन्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले बताए । मर्जरपश्चात कार्यक्रमलाई अझै प्रभावकारी, उपलब्धिमुलक र सेवामूलक कार्यक्रमहरुलाई विस्तार गर्दै जाने लक्ष्य रहेको छ ।

संस्थागत गतिविधिहरुमा एकरुपता ल्याउने संदेश दिने उद्देश्यले राष्ट्रिय स्तरमा एकैसाथ कार्यक्रम आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रमबाट उठेका सुझाव सल्लाहलाई आत्मसात् गर्दै संस्थाले आवश्यक नियमावली तथा कार्यविधिहरु बनाउँदै जान समेत सहयोग पुग्ने संस्थाका नायब कार्यकारी प्रमुख मिन बहादुर बोहराले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS