IME Life New

डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर, कस्तो पर्छ असर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। डलरको भाउले आज नयाँ रेडर्क कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्री दर १३३.८३ रुपैयाँ र खरिद दर १३३.२३ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। यसअघि गत चैत २३ गते १ अमेरिकी डलरको बिक्री दर १३३.८१ रुपैयाँसम्म पुगेको थियो।

Esewa
Crest

भारतीय र नेपाली मुद्राबीच स्थिर विनिमय दर रहेको छ। पछिल्लो समय भारतीय मुद्राको तुलनामा डलर बलियो बन्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली मुद्रामा परेको हो।

डलर बलियो हुँदा विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई फाइदा हुन्छ। निर्यातमा संलग्न व्यवसायीहरुलाई पनि ठूलै राहात हुन्छ । तर, नेपालको अर्थतन्त्र आयातमुखी रहेकोले डलरको भाउ बढ्दा व्यापारको लागत बढ्न सक्छ।

व्यापारको लागत बढ्दा महँगी बढ्ने र यसको प्रत्यक्ष प्रभाव आममानिसको दैनिकी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS