IME Life New

स्नो याक फाउन्डेसनलाई सिटिजन्स बैंकको १ लाख रुपैयाँ आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७औँ बर्ष पुरा गरी १८ औं बर्षमा प्रवेश गरेको अवसरमा उक्त सहयोग गरेको हो ।

बैंकले आफ्नो सत्रौं बार्षिकोत्सव यहि बैशाख ७ गते मनाउँदै छ । बैंकका अनुसार उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको हो । नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापपित संस्था स्नो याक फाउन्डेसन हो ।

Esewa
Crest

विशेष गरी बिपन्न परिवारमा जन्मेका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुदाँ संचालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहका बीच रू १ लाखको चेक संस्थाका संचालक मणिराज शर्मालाई हस्तान्तरण गरेको हो ।

बालबालिकाहरुको उज्ज्वल भविष्यको परिकल्पना गर्दै स्नो याक फाउन्डेसनले बिगत एक दशक भन्दा बढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित गरेको र उक्त रकम पनि बालबालिकाको शिक्षामा खर्च गर्ने संस्थाका संचालकले जानकारी दिए । हाल फाउन्डेसनले ५०० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रवाह गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS