IME Life New

राष्ट्रिय सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक, ऋण लगानी पौने २९ अर्ब, तरलता साढे २५ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ। मुलुकको समग्र अर्थतन्त्रको शिथिलताको असर सहकारी क्षेत्रमा समेत परेको अवस्थामा पनि २०८० सालमा सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक देखिएको हो।

बैंकको पछिल्लो वित्तीय अवस्था हेर्दा ऋण लगानी २८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ माथि रहेको छ। बैंकको तरलता रकम २५ अर्ब ५८ करोड २१ लाख रुपैयाँ रुपैयाँ रहेको छ।

Esewa
Crest

कुल सम्पत्ति ६७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ रहेको बैंकको विभिन्न कोषमा १७ करोड ९६ लाख रुपैयाँ र कुल संस्थागत पुँजी १ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ रहेको छ।

शेयर पुँजी २ अर्ब ८० करोड ५ लाख रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा १ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ रहेको छ। बैंकको कुल बचत रकम ५९ अर्ब १३ करोड ५३ लाख रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनमा उल्लेखित तरलता गणना विधिअनुसार यो बैंकको तरलता ४३.२६ प्रतिशत रहेको छ। बैंकमा कुल शेयर सदस्य १६ हजार २९३ र कुल ऋणी सहकारी सदस्य २ हजार २८२ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS