IME Life New

भारतमा दोब्बरले बढ्यो इन्जिनियरिङ बीमाको प्रिमियम कलेक्सन, सडकको हिस्सा सबैभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा इन्जिनियरिङ बीमाको प्रिमियम कलेक्सन ४ वर्षमा दोब्बरले बढेको छ। यस अवधिमा भारतीय पूर्वाधार क्षेत्रमा लगानी बढ्दा इन्जिनियरिङ बीमाको प्रिमियम कलेक्सनमा पनि उछाल आएको हो।

भारतमा इन्जिनियरिङ क्षेत्रको कुल प्रत्यक्ष प्रिमियम पछिल्लो ११ महिनामा बढेर भारु ४८४८.०६ करोड (पूर्ण वर्षको आँकडा लगभग भारु ५३०० करोड)पुगेको छ। यो प्रिमियम वर्ष २०२० मा भारु २६३४.९० करोड थियो।

Esewa
Crest

जनरल इन्स्योरेन्स काउन्सिलको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा भारु ३७०५.३५ करोडको तुलनामा पहिलो ११ महिनामा कुल प्रत्यक्ष प्रिमियम ३०.८४ प्रतिशतले बढेको छ। जनरल इन्स्योरेन्समा इन्जिनियरिङ सबैभन्दा छिटो बढ्दो व्यापार क्षेत्र हो। पूर्वाधार क्षेत्रमा ठूलो मात्रामा सार्वजनिक लगानीका कारण कन्स्ट्रक्सन बीमा प्रिमियम बढेको छ। जसका कारण यस क्षेत्रमा तीव्र वृद्धि भएको हो।

भारत सरकारले कुल विनियोजनमा पुँजीगत खर्चको हिस्सा बढाएको छ। अन्तरिम बजेटमा सरकारले वर्ष २०२५ मा ११.१ लाख करोड रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको छ। जुन आर्थिक वर्ष २०२० मा ३.४ लाख करोड थियो।

इन्जिनियरिङ बीमाले भारतमा चलिरहेको निर्माण परियोजना, इन्स्टलेसन परियोजना, मेसिन र परियोजनामा प्रयोग गरिएका उपकरणलाई आर्थिक सुरक्षा प्रदान गर्दछ। विगत केही वर्षदेखि भारतको आर्थिक वृद्धिलाई निर्माण क्षेत्रले सहयोग गरेको र सडक, मेट्रो, नवीकरणीय ऊर्जा, भारी उद्योग, ग्रामीण विद्युतीकरण, रेलमार्ग, हरियो हाइड्रोजन र सेमीकन्डक्टर आदिमा लगानी बढेको बीमा उद्योगका विज्ञ बताउँछन्। नयाँ र पुराना आयोजनामा केन्द्र सरकार, प्रदेश सरकार र भारतीय उद्योगले ठूलो लगानी गरिरहेका छन्।

निर्माण गतिविधिमध्ये इन्जिनियरिङ बीमामा सडकको सबैभन्दा बढी हिस्सा छ। त्यसपछि मेट्रो र नवीकरणीय ऊर्जाको हिस्सा बढी रहेको छ। भारतमा पूर्वाधार गतिविधिले गति लिइरहेको छ। यस्तो अवस्थामा इन्जिनियरिङ बीमा पोलिसीको संख्या पनि दोब्बर भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS