IME Life New

दुई कम्पनी मर्जपछि बनेको सलिकोका यी हुन् १७ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीमध्ये एउटा हो, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) । यो कम्पनी सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक–आपसमा मर्जर भएपछि बनेको कम्पनी हो।

हाल देशभर १०० भन्दा बढी शाखाबाट निर्जीवन बीमा सेवा प्रदान गरिरहेको कम्पनीमा ७०० भन्दा बढी कर्मचारी कार्यरत छन्। कम्पनीको अध्यक्षमा मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री छन्।

Esewa
Crest

कम्पनीको २७ औँ वार्षिक साधारणसभा बुधबार (चैत २७ गते) सम्पन्न भएको थियो। सभामा प्रस्तुत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनअनुसार यो कम्पनीमा १ प्रतिशत वा सोभन्दा माथि शेयर स्वामित्व राख्ने १७ शेयरधनी छन्।

सलिकोको सबैभन्दा शेयर स्वामित्व सिलिङ्को इन्स्योरेन्स पीएलसी (श्रीलंका)को रहेको छ। यो कम्पनीको सलियाकोमा ११.४३ प्रतिशत अर्थात २९ लाख ९७ हजार ४५८ कित्ता शेयर रहेको छ।

दोस्रो ठूलो शेयरधनीमा लुुम्बिनी विकास बैंक रहेको छ। यो बैंकको सलिकोमा ४.२२ प्रतिशत हिस्सा अर्थात ११ लाख ७ हजार ९७५ कित्ता शेयर स्वामित्व रहेको छ। सलिकोको तेस्रो ठूलो शेयरधनीमा मनोहर दास मूल रहेका छन्। उनको यो कम्पनीमा ४.१४ प्रतिशत अर्थात १० लाख ८४ हजार ७४८ कित्ता शेयर स्वामित्व रहेको छ।

यसैगरी साल्ट ट्रेडिङको ९ लाख १० हजार ९८९ कित्ता (३.४७ प्रतिशत), सनराइज बैंकको ८ लाख ६४ हजार २९६ कित्ता (३.३ प्रतिशत) र दिव्यमणि राजभण्डारीको ७ लाख ९० हजार ३१४ कित्ता (३.०१ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

सलिकोमा ओभरसिज ट्रेडिङ कम्पनीको ४ लाख ७ हजार ९३६ कित्ता (१.५६ प्रतिशत), सुरज वैद्यको १ लाख ७७६ कित्ता (१.५३ प्रतिशत), शंकर घिमिरेको ३ लाख ८१ हजार ६०६ कित्ता (१.४६ प्रतिशत), नरेन्द्रकुमार अग्रवालको ३ लाख ७४ हजार ७२६ कित्ता (१.४३ प्रतिशत), अशोककुमार टोडीको ३ लाख ७४ हजार ६७१ कित्ता (१.४३ प्रतिशत), चिन्तामणि भट्टराईको ३ लाख ५० हजार १९९ कित्ता (१.३४ प्रतिशत), हिमाल एन्ड कम्पनीको २ लाख ९३ हजार ८६४ कित्ता (१.१२ प्रतिशत), भाजुरत्न एन्ड कम्पनीको २ लाख ९३ हजार ८६३ कित्ता (१.१२ प्रतिशत), ज्योति एन्ड कम्पनीको २ लाख ९३ हजार ८६३ कित्ता (१.१२ प्रतिशत), रामकृष्ण मानन्धरको २ लाख ९३ हजार ८६२ कित्ता (१.१२ प्रतिशत) र अरुणराज श्रेष्ठको २ लाख ६६ हजार ७६ कित्ता (१.०१ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS