IME Life New

एप्पलको चेतावनीः ९२ देशका आईफोन प्रयोगकर्ता साइबर अट्याकको जोखिममा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एप्पलले छिमेकी मुलुक भारतसहित ९२ देशलाई सतर्क रहन आग्रह गरेको छ । ती देशका आईफोन प्रयोगकर्तामा ठूलो खतरा रहेको र यो एउटा स्पाइवेयर अट्याक रहेको कम्पनीले जनाएको छ। यसले आईफोन प्रयोगकर्ताको बैंक खाता खाली गर्न सक्ने कम्पनीले चेतावनी दिएको टेकक्रन्चले आफ्नो रिपोर्टमा जानकारी गराएको छ।

एप्पलले एनएसओ–ग्रुपको पेगासस स्पाइवेयरबारे उल्लेख गरेको छ। कम्पनीले भनेको छ, ‘आईफोन प्रयोगकर्तालाई त्यस्ता टुल्सहरु प्रयोग गरेर लक्षित गर्न सकिन्छ।’

Esewa
Crest

एप्पलले अहिलेसम्म आक्रमणकारीहरुको पहिचान खुलाएको छैन। न त कुन देशले यस्तो सूचना प्राप्त गरेकोबारेमा नै कम्पनीले स्पष्ट पारेको छ। रिपोर्टका अनुसार एप्पलले मर्सनेरी स्पाइवेयर आक्रमण पत्ता लगाएको छ। जसको उद्देश्य पैसा लुट्नु हो। यो आक्रमण टाढैबाट आईफोन पहुँच गर्न प्रयास गरिरहेको कम्पनीले जनाएको छ।

एप्पलमा एउटा विशेष फिचर छ, जसको मद्दतले प्रयोगकर्ताले साइबर अट्याकको अलर्ट प्राप्त गर्छन्। यस्तो अवस्थामा प्रयोगकर्ताले एप्पलको लकडाउन मोड अन गर्नुपर्छ। यसको मद्दतले प्रयोगकर्ताले कम नोक्सानीको सामना गर्नुपर्नेछ। यो लकडाउन मोड सुविधाको मद्दतले प्रयोगकर्ताले थुप्रै प्रोटेक्सन पाउँछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS