IME Life New

गुगलले ल्यायो नयाँ फिचर, अब हराएको वा चोरी भएको स्मार्टफोन सजिलै फेला पार्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । गुगलले अपग्रेड गरिएको फाइन्ड माई डिभाइस नेटवर्क ल्याएको छ। यो नयाँ क्यापिबिलिटीका साथ आएको छ। योसँगै अब अफलाइन वा स्विच अफ फोन पनि सजिलैसँग खोज्न सकिन्छ।

हाल यो फिचर अमेरिका र क्यानडामा रिलिज भइसकेको छ र चाँडै विश्वका अन्य देशमा पनि ल्याइने कम्पनीले जनाएको छ। फाइन्ड माई डिभाइसको क्राउडसोर्स नेटवर्कमा काम गर्दछ। यो नेटवर्कले हराएको वा चोरी भएका स्मार्टफोन फेला पार्न मद्दत गर्नेछ।

Esewa
Crest

गुगलको फाइन्ड माई डिभाइस ठ्याक्कै एप्पलको फाइन्ड माई नेटवर्थजस्तै छ। यो अपग्रेड गरिएको फाइन्ड माई डिभाइसले एन्ड्रोइड ९ वा माथिका भर्जनमा काम गर्नेछ।

नयाँ फाइन्ड माई डिभाइस नेटवर्क प्रयोगकर्ताका लागि धेरै उपयोगी साबित हुन सक्छ। यो नवीनतम अपग्रेडले अफलाइन हुँदा पनि मोबाइल र ट्याब्लेट पत्ता लगाउन मद्दत गर्नेछ। यो पछिल्लो अपडेटपछि प्रयोगकर्ताले मोबाइल अफलाइनमा पनि रिङ बजाउन सक्नेछन् र गुगल म्यापमा यसको स्थान पनि हेर्न सक्नेछन्।

आगामी दिनमा यसको सपोर्ट अन्य प्रडक्टमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS