IME Life New

बिना सुरक्षा हामी काम गर्न सक्दैनौँः चन्द्र ढकाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उदोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूहरु सुरक्षा बिना काम गर्न नसक्ने स्पष्ट पारेका छन्।
महासंघको ५८ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा मन्तव्य राख्दै अध्यक्ष ढकालले भने, ‘सुरक्षाबिना हामी काम गर्न सक्दैनौँ। हामीलाई सेवा र सुरक्षा दिएबापत हामी राज्यलाई कर बुझाउँछौँ।’

‘मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एकदुई जना साथीभाइ र परिवारबाट सुरु भएको मेरो व्यवसायमा करिब २० हजारको परिवार बनेकोे छ’, ढकालले भने, ‘महासंघमा जोडिएसँगै करिब ६ लाख व्यवसायीसहितको परिवार बन्यो। हामीसँग विविध कारणले सदस्य नभएका वा हुन नपाएका व्यवसायी पनि यो परिवारका सदस्य हुन्। यसको अर्थ महासंघ परिवार सम्पूर्ण निजी क्षेत्रका सदस्यहरुको हो।’

Esewa
Crest

‘हाम्रो बृहत् परिवार यो सिंगो मुलुक हो। निजी क्षेत्र यो बृहत् परिवारको आयआर्जन गर्ने सदस्यहरु हुन्’, अध्यक्ष ढकालले भने, ‘हामी निजी क्षेत्र र सर्वसाधारणलाई आवश्यक सेवा र सुरक्षा दिन निर्माण भएको संरचना सरकार हो।’

अहिले परिवारमा आम्दानी र खर्चबीच तालमेल नमिलेको ढकालको भनाइ थियो। ‘मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन’, उनले भने, ‘यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ।’

fncci

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS