IME Life New

समृद्धिका लागि सरकार दृढ छः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि सरकार दृढ रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन प्रधानमन्त्री दाहालले यस्तो दृढता व्यक्त गरेका हुन्। उनले आवश्यक नीति निर्माणमा सरकारले सधैँ निजी क्षेत्रसँग सहकार्य गर्दै आएको बताए ।

Esewa
Crest

मुलुकमा निजी क्षेत्र र सरकारी लगानीको खाँचो उल्लेख गर्दै प्रधानमनत्ती दाहालले लगानी भित्र्याउन स्रोत, सोच र कार्यशैलीमा समेत समस्या रहेको बताए। ‘मुलुकमा लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याउँछौँ’, उनले भने।

निजी क्षेत्रले सरकारसँग काम गर्न गरेको संकल्पको प्रधानमन्त्री दाहालले स्वागत गरे। ‘अर्थतन्त्रका आधारभूत सूचक सकारात्मक बन्दै गए पनि अर्थतन्त्रमा केही समस्या छ’, उनले भने, ‘यसपटक नीति तथा कार्यक्रममा जनप्रतिनिधि, निजी क्षेत्र र आम जनताका सुझाव समेटिनेछन्। त्यसका आधारमा बजेट बन्नेछ, परम्परागत सोच र कार्यशैलीबाट जनताका अपेक्षा पूरा गर्न गाह्रो छ, यसपटक यो समस्या समाधानमा लाग्नेछु।’

प्रधानमन्त्री दाहालले यसपालि पुँजीगततर्फ स्रोत बढाइने पनि जानकारी दिए। ‘पुँजीगत खर्च बढ्दा अर्थतन्त्र सुधारमा सहयोग गर्नेछ’, उनले भने, ‘त्यसले निजी क्षेत्रको मनोबल बढाउन मद्दत पुग्नेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS