IME Life New

वस्तु आयात २.७%ले कमी, निर्यातको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकमा आयात र निर्यात दुवै घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार समीक्षा अवधिमा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई रु.१० खर्ब ३० अर्ब २२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.१ प्रतिशतले कमी आएको थियो।

Esewa
Crest

यो ८ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आई रु. १०० अर्ब ६२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो।

आर्थिक वर्ष २०८०।८१ को ८ महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई रु. ९ खर्ब २९ अर्ब ६१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS