IME Life New

गुगलले बन्द गर्यो यो सेवा, ५० करोड बढी प्रयोगकर्ता प्रभावित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुगलले आफ्ना धेरै सेवाहरु बन्द गरेको छ। यसमा गुगल प्लस, नेक्सस र अन्य धेरै नाम समावेश छन्। अब यो सूचीमा नयाँ नाम थपिएको छ। कम्पनीले आफ्नो अडियो स्ट्रिमिङ प्लेटफर्म गुगल पोडकास्ट हटाउने निर्णय गरेको छ। कम्पनीको यो एपलाई प्ले स्टोरबाट ५० करोड प्रयोगकर्ताले डाउनलोड गरेका छन्।

यो एप अमेरिकामा अप्रिल २ देखि उपलब्ध हुने छैन। कम्पनीले यो कदममार्फत ठूलो निर्णय लिइरहेको छ। ब्रान्डले यो प्लेटफर्म बन्द गरेर युट्युब म्युजिक को प्रचार गर्न चाहन्छ।

Esewa
Crest

कम्पनीले गत वर्ष ब्लगपोस्टमार्फत यसबारे जानकारी दिएको थियो। अमेरिकापछि कम्पनीले अन्य क्षेत्रमा पनि बन्द गर्नेछ। गुगल पोडकास्टहरु यस वर्षको अन्त्यसम्म सबै क्षेत्रहरुमा बन्द हुनेछन्। गुगलले पछिल्लो केही दिनदेखि इन–एप सूचनाहरुमार्फत प्रयोगकर्ताहरुलाई यसबारे जानकारी दिइरहेको छ।

अब कम्पनीले एपको होमपेजमा चेतावनी देखाउन थालेको छ। गुगलले प्रयोगकर्तालाई आफ्नो डेटा युट्युब म्युजिक वा आफ्नो रोजाइको कुनै अन्य पोडकास्ट सेवासँग मर्ज गर्न आग्रह गरिरहेको छ। यो एप अझै पनि गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा डाउनलोड गर्न उपलब्ध हुनेछ। यद्यपि, प्रयोगकर्ताले यसलाई प्रयोग गर्न पाउने छैनन्।

कम्पनीले प्रयोगकर्तालाई जुलाई २०२४ सम्ममा आफ्नो डाटा माइग्रेट गर्ने विकल्प दिएको छ। प्रयोगकर्ताले आफ्नो डाटा कुनै पनि अन्य प्लेटफर्ममा स्थानान्तरण गर्न सक्छन्। यसबारे जानकारी दिँदै गुगलले भनेको थियो, ‘सन् २०२४ मा अगाडि बढ्दै हामी युट्युब म्युजिकमा पोडकास्टमा लगानी बढाउने छौँ। यसले प्रयोगकर्ता र पोडकास्टर दुवैलाई राम्रो अनुभव प्रदान गर्नेछ।’

प्रयोगकर्ताहरुले सजिलैसँग आफ्नो सदस्यता युट्युब म्युजिकमा स्थानान्तरण गर्न सक्छन्। यसका लागि उनीहरुले पहिले गुगल पोडकास्ट एप खोल्नुपर्नेछ। त्यसपछि प्रयोगकर्ताले होम ट्यापमा जानुपर्छ। त्यहाँ प्रयोगकर्ताले गुगल पोडकास्ट एप बन्द भएको सूचना प्राप्त गर्नेछन्। जहाँ प्रयोगकर्तालाई एक्सपोर्ट सब्सक्रिप्सनको अप्सन दिइनेछ। त्यसपछि प्रयोगकर्ताले एक्सपोर्ट टु युट्युब म्युजिकमा क्लिक गर्नुपर्नेछ। अब प्रयोगकर्ता युट्युब म्युजिक अप्सनमा पुग्नेछन्। प्रयोगकर्ताले आफ्नो जीमेल अकाउन्ट सलेक्ट गर्नुपर्नेछ। त्यसपछि प्रयोगकर्ताको सब्सक्रिप्सन जोडिनेछन्। यो प्रक्रिया केही समय लाग्नेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS