IME Life New

आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव पठाउन अर्थ मन्त्रालयको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउन आह्वान गरेको छ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुमा आफ्ना सुझाव पेस गर्न आह्वान गरेको हो। मन्त्रालयका अनुसार बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको छ।

Esewa
Crest

मन्त्रालयले विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आमनागरिकलाई सुझाव पेस गर्न आग्रह गरेको छ। सुझाव आगामी वैशाख मसान्तभित्र मन्त्रालयमा पेस गर्न सकिनेछ।

सुझावहरु मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन ट्याबमार्फत तथा ई–मेल पठाएर दिन सकिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS