IME Life New

निर्जीवन बीमकको ठूलो व्यवसाय मोटर बीमामा, अन्य बीमामा व्यापारको हिस्सा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्षको ८ महिना फागुनसम्ममा २६ अर्ब २६ करोड ८४ करोड रुपैयाँ व्यापार गरेका छन्। यो व्यापारको सबैभन्दा बढी हिस्सा मोटर बीमा रहेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा र ३ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले यो ८ महिनाको अवधिमा मोटर बीमाबापत ८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। कुल बीमाशुल्क आर्जनमा मोटर बीमाको हिस्सा ३१.१४ प्रतिशत रहेको छ।

Esewa
Crest

यसैगरी निर्जीवन बीमकहरुको दोस्रो व्यवसाय सम्पत्ति बीमा देखिएको छ। सम्पत्ति बीमाबाट बीमकहरुले ६ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। कुल बीमाशुल्कको सम्पत्ति बीमाको हिस्सा २४.५० प्रतिशत देखिएको छ।

इन्जिनियर तथा ठेक्का जोखिम बीमाबापत निर्जीवन बीमकहरुले ४ अर्ब २ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल बीमाशुल्कको १५.३१ प्रतिशत रहेको छ।

यस्तै निर्जीवन बीमकहरुले विविध बीमाबापत २ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ, हवाई बीमाबापत १ अर्ब ७३ करोड ५ लाख रुपैयाँ, कृषि तथा बाली बीमाबापत १ अर्ब ४७ करोड ३३ लाख रुपैयाँ, सामुद्रिक बीमाबापत १ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ र लघु बीमाबापत ११ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यो व्यवसाय कुल बीमाशुल्कमा विविध बीमाको ११.३५ प्रतिशत, हवाई बीमाको ६.६९ प्रतिशत, कृषि तथा बाली बीमाको ५.६१ प्रतिशत, सामुद्रिक बीमाको ५.०६ प्रतिशत र लघु बीमाको ०.४४ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS