IME Life New

लघु निर्जीवन व्यवसायः सुस्ताए ठूला कम्पनी, चम्किए लघु बीमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो लघु बीमा ठूला निर्जीवन बीमा कम्पनीले खासै चासो नदिएको देखिएको छ। यद्यपि लघु निर्जीवन बीमकले भने आफ्नो व्यवसाय आक्रमक ढंगले अगाडि बढाइरहेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना फागुनसम्म तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार ठूला ११ निर्जीवन बीमकको लघु बीमा व्यवसाय लघु निर्जीवन बीमकको भन्दा कम देखिएको छ।

Esewa
Crest

ठूला र लघु निर्जीवन बीमकले यो ८ महिनामा लघु बीमा व्यवसायबाट ११ करोड ६६ लाख १९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। जसमा तीन लघु निर्जीवन बीमकले १० करोड ३३ लाख ६१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छन्। यो कुल बीमाशुल्क आर्जनको ८८.६३ प्रतिशत हो।

ठूला ११ निर्जीवन बीमकको व्यापार भने फागुनसम्म १ करोड ३२ लाख ५८ हजार रुपैयाँमात्रै कुल बीमाशुल्क लघु बीमा व्यवसायबाट आर्जन गरेका छन्। जुन कुल लघु बीमा व्यापारको ११.३७ प्रतिशत हो।

लुघ र ठूला निर्जीवन बीमकमध्ये सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले व्यवसाय गर्न सफल भएको छ। यो कम्पनी एक्लैले ४ करोड ९० लाख ९५ हजार कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै प्रोटेक्टिभ माइक्रोले ३ करोड ४८ लाख १ हजार रुपैयाँ र स्टार माइक्राले १ करोड ९४ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यो ८ महिनामा ठूला बीमकमध्ये नेको इन्स्योरेन्सले लघु बीमाबाट सर्वाधिक ८९ लाख ८५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सबैभन्दा कम व्यवसाय नेशनल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले समान १ हजार रुपैयाँबराबरको मात्रै लघु बीमा व्यवसाय गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS