IME Life New

बीमकहरुको साढे ४% ले बढ्यो व्यापार, कति जनसंख्या बीमाको दायरामा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्ममा बीमा कम्पनीहरुले करिब सवा १ खर्ब रुपैयाँको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमकहरुले यो ८ महिनाको अवधिमा १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यो तथ्यांकअनुसार बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

Esewa
Crest

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

यसैगरी अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क समीक्षा अवधिसम्म १.५३ प्रतिशतले बढेर २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २५ अर्ब ८७ करोड २२ लाख रुपैयाँ थियो।

हाल नेपालमा १४ जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र ३ वटा लघु निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्।

चालु आर्थिक वर्षको ८ महिनामा जीवन बीमकहरुले १ करोड ३८ लाख ७ हजार २४९ वटा बीमालेख जारी गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १.३९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले १ करोड ४० लाख १ हजार ५७७ वटा बीमालेख जारी गरेका थिए।

निर्जीवन बीमकहरुले जारी गरेको बीमालेख भने अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ४.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १८ लाख ७६ हजार ४५३ वटा बीमालेख जारी गरेकोमा समीक्षा अवधिसम्म बढेर १९ लाख ५९ हजार ३८६ पुगेको छ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ४३.१६ प्रतिशत मानिस बीमाको दायरामा रहेका छन्। अघिल्लो वर्ष कुल जनसंख्याको ४४.०५ प्रतिशत मानिस बीमाको दायरामा थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS