IME Life New

बागमतीमा निर्जीवन बीमकको ६५.६८% व्यवसाय, अन्य प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकको व्यापारको ठूलो हिस्सा बागमती प्रदेशमै केन्द्रित रहेको देखिन्छ। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष ८ महिना फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो।

यो ८ महिनामा निर्जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेखहरु बिक्रीबाट २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरुले यो अवधिसम्म बागमती प्रदेशबाट मात्रै १७ अर्ब २५ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। बागमतीमा मात्रै कम्पनीहरुको कुल व्यापारको ६५.६८ प्रतिशत हिस्सा रहेको छ।

Esewa
Crest

यसैगरी निर्जीवन बीमाको दोस्रो ठूलो बजार लुम्बिनी प्रदेश रहेको देखिन्छ। यो प्रदेशबाट कम्पनीहरुले विभिन्न बीमालेख बेचेर २ अर्ब ४० करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कुल व्यापारको ९.१५ प्रतिशत हो।

तेस्रोमा कोशी प्रदेश रहेको छ। यो प्रदेशबाट निर्जीवन बीमकहरुले २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कोशी प्रदेशमा निर्जीवन बीमा कम्पनीहरुको बजार हिस्सा ८.८५ प्रतिशत रहेको देखिन्छ।

त्यस्तै कम्पनीहरुले मधेश प्रदेशबाट १ अर्ब ७५ करोड ९ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ, सुदूरपश्चिमबाट ६९ करोड २२ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ३६ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यस हिसाबले निर्जीवन बीमा व्यवसायको बजार हिस्सा मधेश प्रदेशमा ६.६७ प्रतिशत, गण्डकीमा ५.६५ प्रतिशत, सुदूरपश्चिममा २.६४ प्रतिशत र कर्णालीमा १.३७ प्रतिशत रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS