IME Life New

लघु बीमा व्यवसाय आक्रामक ढंगले बढाउँदै लघु जीवन बीमक, पछि पर्न थाले ठूला कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय लघु जीवन बीमकले आक्रामक ढंगले व्यापार बढाएका छन्। हाल सञ्चालनमा रहेका तीनवटै लघु जीवन बीमकले आफ्नो व्यवसायलाई तीव्रता दिएका हुन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार लघु बीमा व्यवसायमा क्रेष्ट माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ५ ठूला कम्पनीलाई पछि पारेका छन्। लिबर्टी माइक्रो लाइफ पनि लघु बीमा व्यापारको हिसाबले ४ वटा ठूला कम्पनीभन्दा अगाडि देखिएको छ।

Esewa
Crest

फागुनसम्म क्रेष्ट माइक्रो लाइफले १६ हजार ४८ वटा लुघ बीमालेख बिक्रीबाट ३ करोड ६१ लाख ५२ हजार रुपैयाँ र गार्डियन माइक्रो लाइफले ९ हजार ४१२ वटा लघु बीमा बिक्रीबाट १ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जब कि लघु बीमा व्यवसायमा संलग्न ठूला १२ वटा जीवन बीमा कम्पनीमध्ये रिलायबल नेपाल लाइफ, एसियन लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) र हिमालय लाइफको व्यापार क्रेष्ट र गार्डियन माइक्रो लाइफको भन्दा कम रहेको छ। यो ८ महिनाको अवधिमा लघु बीमालेख बिक्रीबाट रिलायबल नेपाल लाइफले ७६ लाख ७९ हजार रुपैयाँ, एसियन लाइफले ३१ लाख १३ हजार रुपैयाँ, नेपाल लाइफले २२ लाख १२ हजार रुपैयाँ, एलआईसीले ७ लाख ८९ हजार रुपैयाँ र हिमालयन लाइफले २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

यसैगरी लिबर्टी माइक्रो लाइफले १ हजार ७८७ वटा लघु बीमालेख बिक्रीबाट ६९ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन एसियन लाइफ, नेपाल लाइफ, एलआईसी र हिमालयन लाइफको भन्दा बढी हो।

चालु आर्थिक वर्षको फागुनसम्म लघु बीमा व्यवसायमार्फत १२ वटा ठूला जीवन बीमक र ३ वटा लघु जीवन बीमकले कुल १ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जसमा ठूला १२ जीवन बीमकले १ अर्ब ७० करोड ४२ लाख रुपैयाँ र ३ लघु जीवन बीमकले ५ करोड ८९ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। सर्वाधिक लघु बीमा व्यवसाय गर्नेमा नेशनल लाइफ रहेको छ। यो कम्पनीले मात्रै ७४ करोड ८५ लाख रुपैयाँ बढीको कुल बीमाशुल्क आर्जन गरेको छ।

यो ८ महिनाको अवधिमा लघु बीमाको कुल व्यापारमा लघु बीमकको हिस्सा ३.३५ प्रतिशतमात्रै रहेको छ। लघु बीमा व्यापारमा ठूला जीवन बीमकको हिस्सा ९६.६५ प्रतिशत रहेको प्राधिकरणको तथ्यांकले देखाउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS