IME Life New

बजारमा ६%ले बढ्यो नगद परिचालन, सरकारी कोषमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा नगद परिचालन ६ प्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा फागुनसम्म ६ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ८ महिनामा नगद परिचालन ६.२५ प्रतिशतले बढेको छ।

यो ८ महिनामा सरकारी कोष २९६.२० प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। माघसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ७८ अर्ब ६४ करोड रुपैयाँको उचाइमा पुगेको छ।

Esewa
Crest

फागुनसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो।
आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ५६ करोड १९ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS