IME Life New

जोखिमयुक्त क्षेत्रमा लगानी गरेका बीमकलाई तत्कालका लागि राहत, नाफा बाँड्न सहज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० मा पहिलो संशोधन जारी गर्दै जोखिमपूर्ण क्षेत्रमा लगानी गरेका बीमकलाई मुनाफा वितरणका लागि सहज बनाई दिएको छ। प्राधिकरणले तुलनात्मकरुपमा जोखिमपूर्ण क्षेत्र मानिने जलविद्युत, उर्जा, पर्यटन, कृषी,शिक्षा क्षेत्रको कम्पनीमा बीमकले लगानी गरेको ५ वर्षसम्म सूचीकृत नभएको अवस्थामा मात्र वितरणयोग्य नाफाबाट जोखिम व्यवस्था गर्नुपर्ने प्रावधान ल्याएको हो ।

यसअघि तीन वर्षसम्म पनि सूचीकृत नभएको अवस्थामा वितरणयोग्य नाफाबाट नै बीमकले जोखिम व्यवस्था गर्नुपर्ने प्रावधान थियो । छोटो अवधिमै वितरणयोग्य नाफाबाट नोक्सानी जोखिमको व्यवस्था गर्नुपर्दा शेयरधनीलाई नाफा वितरण गर्न सकस हुने गुनासो गर्दै बीमकले प्रावधानमा संशोधनका लागि प्राधिकरणलाई दबाब दिएका थिए ।

Esewa
Crest

लगानीमा विविधिकरण ल्याउँदै राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानीका लागि बीमकलाई प्रोत्साहित र केही  हदसम्म बाध्य गर्न प्राधिकरणले २०७९ मंसिर २० गते लगानी सम्बन्धमा पुनर्बीमक, जीवन बीमक, निर्जीवन बीमक, लघु जीवन बीमक, लघु निर्जीवन बीमकका लागि बेग्लाबेग्लै लगानी निर्देशन जारी गरेको थियो । प्राधिकरणले पहिलो पटक गत पौष ५ गते निर्देशिकामार्फत् प्राधिकरणले प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलमा समेत लगानी गर्ने बाटो खुला गरिदिएको थियो ।

लगानी निर्देशनमा निर्दिष्ट क्षेत्रमा लगानी गर्दा वित्तीय विवरण सम्बन्धी निर्देशिकाका कारण नाफाको ठूलो हिस्सा नोक्सानीवापतको व्यवस्थामै हराउने भएपछि बीमा कम्पनीका सीईओसँगै सञ्चालक समिति समेत सकसमा परेका थिए । नयाँ निर्देशनले अब उनीहरुलाई कम्तीमा थप दुई वर्ष राहत मिल्ने भएको छ।

परम्परागत मुद्दती निक्षेप, ऋणपत्र, सामूहिक लगानीकोष, बचत पत्र,  शेयर लगायतको क्षेत्रमा लगानी गर्दै आएका बीमकलाई प्राधिकरणले लगानी निर्देशिकामार्फत् अधिक जोखिमपूर्ण क्षेत्रमा लगानीको बाटो खुल्ला गरिदिएको छ। बीमकसँग भएको कुल निक्षेपको २५ प्रतिशतसम्म यी क्षेत्रमा लगानी गर्न सक्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS