IME Life New

थुप्रै नक्कली पहिचानबाट बीमाको रकम हडप्ने प्रयास, पक्राउ परेपछि भने ‘नो कमेन्ट’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतमा एक व्यक्तिले विभिन्न नक्कली पहिचान प्रयोग गरी बीमाको लाखौँ रकम ठगी गर्ने योजना बनाए पनि सफल नभएको खुलासा भएको छ।

बोल्टनको सेन्ट पिटर्स टेरेसका साम विलियम कारले डिड पोलबाट आफ्नो नाम धेरै पटक परिवर्तन गर्दै फर्जी बीमा दाबी गर्न परिवार र साथीहरुको पहिचान प्रयोग गरेको खुलासा भएको हो। इन्स्योरेन्स फ्रड इन्फोर्समेन्ट डिपार्टमेन्ट (आईएफईडी)ले ३४ वर्षीय सामले ५ बीमा कम्पनीबाट १३ वटा ट्राभल पोलिसी लिएको जनाएको छ। उनले पछि यात्राका क्रममा सामान र पैसा हराएको भन्दै कुल ७५ हजार पाउन्ड (नेरु १ करोड २५ लाखबराबर) दाबी पेस गरेको आईएफईडीको अनुसन्धानबाट खुलेको छ।

Esewa
Crest

आईएफईडीका डिटेक्टिभ कन्स्टेबल भिन्सेन्ट बाघनले ट्राभल इन्स्योरेन्स भनेको सबैभन्दा नराम्रो घटना भएमा आश्वस्त पार्ने सुरक्षा कभरेज रहेको बताए। ‘यो व्यक्तिगत आर्थिक लाभको माध्यम होइन’, उनले भने।

सामले धेरै पोलिसीमा दाबी गर्न निर्दोष साथी र परिवारका सदस्यको पहिचान प्रयोग गरेर आफ्नो अपराधमा संलग्न गराएको बाघनको भनाइ छ। ‘सामले हवाई यात्राका लागि टिकट पनि बुक गरे तर उनले कहिल्यै यात्रामा निस्किएनन्’, उनले भने।

सामले बीमा दाबी प्रमाणित गर्न नक्कली बैंकिङ कागजात, बिल र उडान बोर्डिङ पास प्रयोग गरेको आईएफईडीको अनुसन्धानबाट खुलेको थियो। ‘सामको गतिविधि शंकास्पद देखिएपछि धेरैजसो दाबी धोकाधडी भएको मानिएपछि भुक्तानी रोकिएको हो’, आईएफईडीले भनेको छ।

पक्राउ परेपछि सामले स्थानीय प्रहरीलाई दिएको बयानमा सबै प्रश्नको ‘नो कमेन्ट’ जबाफ दिएका थिए। उनले इनर क्राउन अदालतमा झुटा विवरणबाट बीमाको रकम ठगी गर्न खोजेको स्वीकारेका थिए। उनलाई गत २० मार्चमा रोयल कोर्ट अफ जस्टिसमा २० महिनाको जेल सजाय सुनाइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS