IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पायो उत्कृष्ट निर्जीवन बीमक अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी उत्कृष्ट निर्जीवन बीमक अवार्डबाट सम्मानित भएको छ। न्यू बिजनेश एज प्रालिले आयोजना गरेको आठौं न्यू बिज कनक्लेभ एण्ड बिजनेश अवार्ड समारोहमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ‘वेष्ट म्यानेज्ड नन लाइफ इन्स्योरेन्स कम्पनी उपाधीबाट सम्मानित भएको हो।

होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान् समारोहका अवसरमा आयोजक संस्थाको तर्फबाट सिद्धार्थको बजारिकरण प्रमुख रामजी ढकाललाई अवार्ड हस्तान्तरण गरिएको थियो ।

Esewa
Crest

न्यु बिजनेश एज प्रालिका अनुसार स्वतन्त्र निर्णायकहरुले आर्थिक वर्ष २०७९।८० सम्मको वार्षिक साधारण सभा सम्पन्न गरि सकेका सूचीकृत निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद नाफा, खुद सम्पत्ती, सकृय बीमालेख, दाबी आवेदन दर्ता र दाबी भुक्तानीको अनुपात, दाबी भुक्तानी गर्न बाँकी रकम, नियामकीय कारवाहीको अवस्था, लघु  तथा कृषीबीमाको कूल बीमाङ्क रकमको आधारमा निर्जीवन बीमा कम्पनीहरुबीच प्रतिस्पर्धाका लागि मूल्याङ्कन गरेका थिए । यी मूल्याङ्कनका आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अब्बल ठहरिएकाले उत्कृष्ट निर्जीवन बीमा कम्पनीको उपाधि प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS