IME Life New

कर्जामा कडाइ : आफूसँग सम्बद्ध व्यक्तिलाई बैंकले ऋण दिन नपाउने व्यवस्था ल्याइँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफूसँग सम्बद्ध व्यक्तिलाई कुनै किसिमको कर्जा उपलब्ध गराउन नपाउने प्रावधान ल्याउन गरिएको छ।

प्रतिनिधिसभामा बिहीबार दर्ता भएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विधेयकमा बैंक तथा वित्तीय संस्थाले आफूसँग आबद्ध व्यक्ति वा कुनै बैंकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।

Esewa
Crest

तर, सतप्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न, इजाजतपत्रप्राप्त संस्थाको आफ्नै मुद्दति रसिद तथा नेपाल सरकार वा राष्ट्र बैंकको ऋणपत्रको धितोमा सम्बद्ध व्यक्तिका रुपमा घोषणा गरी कर्जा प्रदान गर्न वा राष्ट्र बैंकले तोकेका घरायसी कर्जा प्रदान गर्न यो व्यवस्थाले बाधा पुर्याएको नमानिने विधेयकमा व्यवस्था गरिएको छ। सम्बद्ध व्यक्तिले आफू आबद्ध बैंक वा वित्तीय संस्थाको कानुनी, राजस्व, लेखा वा व्यवस्थापन परामर्शदाता, धितो मूल्यांकनकर्ता वा लेखापरीक्षकको हैसियतमा काम गर्न नपाउने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।

यसैगरी चुक्तापुँजीको १ प्रतिशतभन्दा बढी ऋण हुने व्यक्ति बैंकको सञ्चालक बन्न नपाउने भएका छन्। विधेयकमा सम्बद्ध व्यक्ति वा निजको परिवार वा निज र निजको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण निज सञ्चालक हुन चाहेको बैंक वा वित्तीय संस्थाको चुक्तापुँजीको १ प्रतिशतभन्दा बढी भएको सञ्चालक हुन अयोग्य हुने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS