IME Life New

यी हुन् शिखर इन्स्योरेन्सका सबैभन्दा ठूला १४ शेयरधनी ? कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीमध्ये एक हो । यो कम्पनीले २०६१ साल मंसिर २ गतेदेखि निर्जीवन बीमा व्यवसाय चलाइरहेको छ। निर्जीवन बीमामा शिखर अब्बल कम्पनीका रुपमा रहेको छ।

शिखर इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा गौरव अग्रवाल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डे छन्। कम्पनीको १९औँ वार्षिक साधारणसभा शुक्रबार (चैत ९ गते) सम्पन्न भएको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७९।८० वार्षिक प्रतिवेदनअनुसार कम्पनीका १४ ठूला शेयरधनी छन्। उनीहरुसँग १.८६ प्रतिशतदेखि १२.३२ प्रतिशतसम्म कम्पनीको शेयर स्वामित्व रहेको छ।

शिखर इन्स्योरेन्सका सबैभन्दा ठूला शेयरधनी गौरव अग्रवाल हुन्। उनीसँग कम्पनीको १२.३२ प्रतिशत अर्थात ३२ लाख ७१ हजार ९९९ कित्ता शेयर रहेको छ।

कम्पनीका अग्रवालपछि चन्दा शेर्पाको शेयर स्वामित्व रहेको छ। उनीसँग कम्पनीको ६.३८ प्रतिशत अर्थात १६ लाख ९४ हजार ७०१ कित्ता शेयर रहेको छ।

शिखर इन्स्योरेन्समा बुद्ध एयर तेस्रो ठूलो शेयरधनी हो। बुद्ध एयरसँग यो कम्पनीको १६ लाख ३९ हजार ५०१ कित्ता (६.१८ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

यसैगरी शशिकान्त अग्रवालसँग ११ लाख ४९ हजार ४८५ कित्ता (४.३३ प्रतिशत), विकास जंग बहादुर रानासँग ९ लाख ५३ हजार ७४४ कित्ता (४.०४ प्रतिशत), कैलाशप्रसाद शिरोहियासँग ९ लाख ७३ हजार ६३७ कित्ता (३.६७ प्रतिशत), राजेन्द्रप्रसाद श्रेष्ठसँग ९ लाख ६८ हजार २७७ कित्ता (३.६५ प्रतिशत) र लोमस इन्भेस्टमेन्ट प्रालिसँग ७ लाख १२ हजार ८३७ कित्ता (२.६९ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

कम्पनीमा पवित्रकुमार कार्कीसँग ४ लाख ४४ हजार ८१० कित्ता (१.६८ प्रतिशत), शेखर बस्नेतसँग २ लाख ७८ हजार १५ कित्ता (१.०५ प्रतिशत), जितेन्द्र बहेतीसँग ३ लाख ७६ हजार ११२ कित्ता (१.४६ प्रतिशत), किरण प्रकाश पाण्डेसँग २ लाख ९८ हजार ९०९ कित्ता (१.१३ प्रतिशत), पवनकुमार अग्रवालसँग ४ लाख ५७ हजार ३७२ कित्ता (१.७२ प्रतिशत) र वीरेन्द्रबहादुर बस्नेतसँग ४ लाख ९१ हजार ८५२ कित्ता (१.८५ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS