IME Life New

बैंकमा पैसा थुप्रिएपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, आज फेरि रु. ५० अर्ब खिच्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप लगातार थुप्रिँदै गएको छ। जसका कारण सीडी रेसियो ८० प्रतिशतभन्दा तल आएको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत मुनि झरेकोे छ।

अधिक तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकलाई निकै सकस परिरहेको छ। फेरि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न थालेको छ। हिजोमात्रै बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले आज पनि ५० अर्ब रुपैयाँ झिक्ने भएको छ।

Esewa
Crest

चैतमा यो दोस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको चैत ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

तरलता व्यवस्थापन गर्नकै लागि राष्ट्र बैंकले हिजो चैत ८ गते र गत फागुन २४ गते पनि एकैपटक ५०–५० अर्ब रुपैयाँ तानेको थियो। त्यसअघि माघमा ९ पटक, पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

31%
happy

खुसी

0%
sad

दु :खी

8%
amazed

अचम्मित

0%
excited

उत्साहित

62%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS