IME Life New

ग्लोवल मनी विकः सबैको लघुवित्तको वित्तीय साक्षरता तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बयलवास, सर्लाहीले ‘ग्लोवल मनी विक २०२४’ को सप्ताहब्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । सर्लाही जिल्लाको ईश्वरपुर न.पा. वडा नं. ०७, बयलवासमा शाखा कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बयलवास, सर्लाहीले आफना ३३ जना युवा महिला ग्राहक सदस्यहरु तथा सर्लाही जिल्लाको ईश्वरपुर न.पा. वडा नं. ०६, बयलवास स्थित लालिगुँरास एकेडमि स्कुलका १३ जना बिद्यार्थीहरु गरि जम्मा ४६ जनाको सहभागीतामा उक्त तालिम सम्पन्न गरेको हो ।

शाखा कार्यालयका शाखा प्रमुख सरोज कुमार महतोले उक्त तालिम सम्पन्न गरेको जानकारी गराएका छन । उक्त तालिममा प्रशिक्षकहरु सन्तोष कुमार दत्त र श्री प्रेम बहादुर कार्की रहेका थिए भने कार्यक्रम संचालन शाखाका शाखा प्रमुख सरोज कुमार महतोले गरेका थिए ।

Esewa
Crest

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको परिचय, वित्तीय साक्षरताको महत्व, आवश्यकता, र चाहना, बतचको अवधारण तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतका उपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजना तथा कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिम न्युनीकरण, जोखिमको परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ? खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुल खर्च तथा नगरि नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, ब्यवसाय विस्तार तथा विविधिकरण, ब्यवसायिक योजना, अन्य आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोगिता, डिजिटल बैंकिङ्ग आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS