IME Life New

बञ्चरेडाँडामा फोहोर थुपार्न नदिने स्थानीबासिन्दाको चेतावनी, आन्दोलनको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थानीय बासिन्दाले बञ्चरे डाँडामा उपत्यकामा संकलित फोहोर चैत्र २४ गते शुक्रबारबाट थुपार्न पुनः रोक लगाउने चेतावनी दिएका छन्। बीस महिना अघि गरेको सहमति कार्यान्वयनमा नल्याइएको भन्दै ल्याण्ड फिल साइटका प्रभावित बासिन्दाले माग पुरा नहुँदासम्म फोहोर थुपार्न नदिने घोषणा गरेका हुन् ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित सरोकार समितिले यो विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय र  महानगरपालिकामा पत्राचार गरी फोहोर फाल्न नदिने जानकारी गराएको छ। सरोकार समिति र सरकारबीच २०७९ भदौ २६ गते भएको सम्झौता कार्यान्वयन नभएकोमा समितिले ११ सूत्रीय माग कार्यान्वयन नभएसम्म फाहोर थुपार्न अवरोध गर्ने चेतवानी दिएको हो।

Esewa
Crest

समितिका संयोजक श्रीराम ढुंगानाले यसपटक माग पुरा नहुँदासम्म झूठो आश्वासनका भरमा अवरोध हटाउने पक्षमा पीडितहरु नरहेको बताए । उनले भने, ‘पहिले जस्तो उधारो सहमतिको भरमा फोहोर थुपार्न सहमति दिनेछैनौं। ’

समितिले मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र घोषणा गर्नुपर्ने, फोहोरमैला प्रदूषणरहित वस्ती विकास क्षेत्र कायम गरिनुपर्ने, फोहोरमैला प्रभावित क्षेत्रलाई संवेदनशील क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने, फोहोरमैला विकास प्राधिकरण गठन गरी फोहोर प्रशोधन सम्बन्धी उद्योग स्थापना गर्नुपर्ने, ल्यान्डफिल साइटबाट सशस्त्र प्रहरी बलको पोस्ट हटाउनुपर्ने समितिको माग छ। यसैगरी ल्यान्डफिल साइटलाई गौरवको आयोजना घोषणा गर्नुपर्ने, प्रभावित क्षेत्रका कम्तीमा २ सय जनालाई रोजगारी दिनुपर्ने, फोहोरव्यवस्थापनका लागि निजी क्षेत्रसँग सरकारले गरेको सम्झौता खारेज गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन ऐन २०६८ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ खारेज गर्नुपर्ने र ल्यान्डफिल साइटसम्बन्धी प्रस्ताव भएका कामहरू फाष्ट ट्रयाकबाट कार्यान्वयन गराउन मन्त्रीपरिषद्ले विशेष निर्णय गर्नुपर्ने समेत समितिको माग छ।

समितिले २०७८ कातिक १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भ

समितिले चैत २३ गते बिहान ११ बजे सर्वपक्षीय आन्दोलन र विरोध सभा आयोजना गर्ने घोषणा गरेको छ । चैत २३ गतेसम्म सबै माग पूरा नभए आन्दोलनमा उत्रिने समितिले चेतावनी दिएको छ। फोहोरमैला निषेधित क्षेत्र घोषणाको आन्दोलन दमन गर्न सुरक्षा बल परिचालन गरेर फोहोरमैला ल्याण्ड फिल साइटमा जबरजस्ती थुपारेको अवस्थामा हुने अप्रिय घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा दैनिक १ हजार ४ सय टन फोहोर बिर्सजन हुने गरेको छ। त्यसमध्ये काठमाडौै महानगरबाट ७ सय र ललितपुर महानगरबाट दैनिक १ सय ५० टन फोहोर थुपार्ने गरिएको छ।यो साइटमा अन्य १६ स्थानीय निकायबाट करिब ५ सय ५० टन फोहोर बन्चरे ल्यान्डफिल साइटमा लैजाने गरिएको छ।

वर्षौदेखि फोहोर थुपार्ने तर फोहोरलाई प्रशोधन गर्ने तथा ल्याणडफिल साइटलाई दुर्गन्ध रहित बनाउने, सडक, बिजुली लगायतका पूर्वाधार निर्माणमा सरकारले चासो नदेखाएकाले स्थानीयबािसिन्दा वर्षौंदेखि पीडित छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS