IME Life New

बैंकको सञ्चालक हुन कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने (प्रस्तावित विधेयकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ। प्रस्तावित विधेयकमा डिजिटल मुद्रादेखि बैंकका सञ्चालकहरुसम्मका योग्यका विषयमा नयाँ व्यवस्था ल्याइएको हो।

विधेयकमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ। त्यस्तै स्नातक उपाधि हासिल गरी स्वदेशी तथा विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरमा कम्तीमा ५ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव पनि विधेयकमा गरिएको छ।

Esewa
Crest

तर, घ वर्गका वित्तीय संस्थाको हकमा भने स्नातक उपाधिक हासिल गरी स्वदेशी तथा विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकार वा संगठित संस्थाको अधिकृतस्तरमा कम्तीमा ३ वर्ष काम गरेको व्यक्ति सञ्चालक हुन बाधा नपुग्ने व्यवस्था गरिएको छ।

Bank bidhek

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS