IME Life New

एकै व्यक्ति एकभन्दा बढी बैंकमा सञ्चालक हुन रोक, उमेरको हद पनि ७० वर्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सरकारले एकै व्यक्ति एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था ल्याउन लागेको छ। अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया), २०७३ लाई संशोधन गर्न ल्याइएको विधेयकमा यस्तो प्रस्ताव ल्याएको हो। उक्त विधेयक आज प्रतिनिधिसभामा दर्ता भएको छ।

हालको ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालन हुन सक्ने व्यवस्था छ। जुनसुकै कुरा लेखिएको भए पनि कुनै बैंक वा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन भने यस व्यवस्थाले बाधा पुर्र्याएको नमानिने हालको ऐनको दफा १४ को उपदफा २ को ‘घ’मा व्यवस्था छ।

Esewa
Crest

ऐन संशोधित गर्न बनेको विधेयकमा यो व्यवस्थालाई पूर्ण रुपमा हटाउने प्रस्ताव गरिएको छ। कुनै पनि एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गर्न आवश्यक भएको अर्थ मन्त्रालयको जिकिर छ।

यसैगरी विधेयकमा बैंकको सञ्चालकमा ७० वर्षे उमेर हद राख्ने प्रस्ताव गरिएको छ। हालको ऐनमा बैंकको सञ्चालकमा मनोनित वा निर्वाचित हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान छ। न्यूनतम उमेर हद तोकिए पनि अधिकतम उमेर हदको विषय हाल ऐनमा केही बोलिएको छैन।

प्रतिनिधिसभामा दर्ता भएको विधेयकको दफा १८ को उपदफा १ मा २५ वर्ष पूरा नभएको र ७० वर्ष उमेर नाघेको व्यक्ति बैंकको सञ्चालक हुन अयोग्य हुने व्यवस्था गरिएको छ। सञ्चालकको मनोनित वा निर्वाचित उमेर किटान गर्न आवश्यक भएकाले यो व्यवस्था गरिएको अर्थ मन्त्रालयले प्रस्ट पारेको छ।

प्रस्तावित विधेयक संसदले स्वीकृत गरेमा यी दुवै प्रावधान लागू हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS