IME Life New

ग्लोबल मनी विकः समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल मनी विकको अवसरमा समृद्धि फाइनान्सले चैत्र ७ गते बुधवारको दिन जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रोटेक्ट योर मोनी, सेक्योर योर फ्युचर भन्ने मूल नाराका साथ जनकपुर शाखा बाट मोडल कलेज, जनकपुर–४का बिबिए पहिलो सेमेस्टारका ५० जना विद्यार्थीलाई, खरेन्द्रपुर शाखाबाट क्वालिटी एजुकेसनका ४० जना युवा, ईटहरी शाखा बाट सिमरवन राधा कृष्ण महिला समूहका २५ जना महिलालाई र औरही शाखाबाट बिजुलपुर बजार का २० जना स्थानीय वासिन्दालाई वित्तिय साक्षरता दिइएको हो ।

अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो । गालेबल मनी विकको अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS