IME Life New

बैंकिङ प्रणालीबाट आज एकैपटक रु. ५० अर्ब तान्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज चैत ८ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। चैतमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको चैत २२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

तरलता व्यवस्थापन गर्नकै लागि राष्ट्र बैंकले गत फागुन २४ गते पनि एकैपटक ५० अर्ब रुपैयाँ तानेको थियो। त्यसअघि माघमा ९ पटक, पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको थियो।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थुप्रिएको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ। यो नीतिगत दर ३ प्रतिशतभन्दा तल झर्दा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी तरलता व्यवस्थापन गर्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS