IME Life New

सूर्यज्योति लाइफले सार्वजनिक गर्यो नारी विशेष नयाँ वर्षको क्यालेण्डर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले पूर्व मेची देखि पश्चिम महाकाली सम्मका विभिन्न जातजाति र समुदायका महिलाको तस्वीर सम्मिलित २०८१ सालको भित्ते क्यालेण्डर प्रकाशनमा ल्याएको छ। क्यालेण्डरमा शक्तिको सम्मानसँगै विविधता भित्र एकता झल्काउने नेपाली कला, भेषभूषा र संस्कृति झल्काउने गरी उत्सवको उमङमा रमाएका महिलाहरुको तस्वीर समेटिएको छ।

वैशाखमा सिन्दुर जात्राको अवलोकन गरेर रमाउँदै गरेका ज्यापू यूवती, जेठ महिनामा उभौलि पर्वमा परम्परागत भेषभूषामा सजिएका किराँती महिला, असार महिनामा मुगुका वृद्धाहरु साउनमा बसन्तपुर मण्डलामा परम्परागत बाजा बजाउँदै गरेका नेवार यूवती, भदौ महिनामा तीज पर्वको हर्षोल्लासमा रमाई रहेका महिलाहरु असोजमा बसन्तपुरको कुमारी घरमा सजिएकी एक बालिका, कात्तिकमा सूर्य देवको पूजा गरिने छठ पर्वको उल्लासमा रमाएकी ब्रतालु महिला, म‌ंसिर महिनामा परम्परागत भेषभूषामा सजिएकी निम्वा समुदायकी महिला पुस महिनामा सोनाम ल्होसारको उल्लासमा रमाएका तामाङ समुदायका यूवती माघ महिनामा माघी पर्वको अवसरमा नाचगानमा रमाउँदै थारु यूवती फागुनमा हुम्लाको निम्वा समुदायका महिलाहरुको तस्वीर समेटिएका छन् ।

Esewa
Crest

विविधतामा एकतासँगै महिला शक्ति प्रतिको उच्च सम्मान् को प्रतीक स्वरुप यस पटक महिलाहरुलाई नै क्यालेण्डरमा सजाइएको कम्पनीले जानकारी दिएको छ। कम्पनीले समावेशि कार्य स्थलको अवधारणासँगै महिला सशक्तिकरणलाई सदैव प्राथमिकता दिंदै आएको बताएको छ।

कम्पनीद्वारा क्यालेण्डरको विषयवस्तु झल्काउने गरी क्यालेण्डरको अग्रपृष्ठमा यस्तो नारा प्रकाशन गरिएको छ

संस्कृति जोडिएको छ हाम्रो पूर्व मेचीदेखि  पश्चिम महाकाली सम्म।

मुहारमा निश्चल हाँसो भरिएको छ हाम्रो हरेक रीति रिवाज र भेगमा ।।

Suryajyoti Table Calendar_7X8in_Without Bleed

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS